१९ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका २३ वटा मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको छ ।
विभिन्न मितिमा हराएका ती मोटरसाइकल आज महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई बुझाएका हुन् ।
चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस