सेयर मार्केट

सेयर बजार नयाँ उचाइमा, ११ अर्ब बढीको कारोबार

Nepal Stok exchange

१९ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ऐतिहासिक विन्दुमा पुगेको छ । मंगलबार नेप्से २६ अंकले बढेर ३१ सय ११ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च हो । आज दिनभर ११ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यसदिन लघवित्त क्षेत्र लगानीकर्ताको पहिलो रोजाइमा पर्‍यो । लघुवित्त उपसमूह सबैभन्दा उच्च ३.८५ प्रतिशत अर्थात् २२१ अंकले बढ्यो । यस्तै, जीवन बिमामा ११९, व्यापार समूह १०१ अंकले बढ्यो भने जलविद्युत् उपसमूहमा पनि ६६ अंकको वृद्धि आयो ।

यसदिन पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य १०/१० प्रतिशतले बढ्यो भने जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, लिबर्टी इनर्जी, स्वावलम्बन लघुवित्त कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढीले बढ्यो ।

यसदिन २२३ कम्पनीको २ करोड ११ लाख कित्ता सेयर ११ अर्ब ५२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन १३१ कम्पनीका सेयरधनीले कमाए, ४७ कम्पनीको सेयरधनीले गुमाए भने सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस