मुख्य समाचार

काठमाडौंमा सभा–सम्मेलन नगर्न निर्देशन : स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही

cdo Ktm

१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारी बढिरहेको र संक्रमण फैलिने जोखिम कायम रहेको भन्दै सभा–सम्मेलन नगर्न आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै सभा–सम्मेलन, जुलुस, धर्ना, गोष्ठी, र्‍याली गरी भिडभाड गर्दा तेस्रो लहरको जोखिम निम्तिन सक्ने जनाएको हो ।

प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस