मुख्य समाचार

निर्वाचन आयोगले खारेज गर्‍यो ४१ वटा पार्टी (सूची)

nirwachan aayog

१९ साउन, काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।

ती दल खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस