समाचार

बुद्ध एयरले भरतपुर-भैरहवा उडान सुरू गर्ने

buddha air

१९ साउन, काठमाडौं । बुद्ध एयरले भरतपुरदेखि भैरहवा हवाइ उडान सुरू गर्ने भएको छ ।

आगामी साउन ३१ गतेदेखि भरतपुर-भैरहवा सातामा ३ उडान गर्ने भएको छ । नारायणगढ–बुटवल सडकखण्ड विस्तारको क्रम सुरू भएसँगै यात्रुहरुको सहजताको लागि हवाइ उडान सुरु गरिएको बुद्ध एयरले जानकारी दिएको छ ।

नारायणगढ देखि भैरहवा सम्म नारायणगढ बुटवल सडक खण्ड विस्तारका कारण यात्रहरुले सास्ती खेप्न नपरोस भनी उडान सुरू गरिएको एयरले जनाएको छ । चितवन र लुम्बिनीको पर्यटनलाई जोड्दै पर्यटन आगमनलाई सहज तुल्याउन हवाई उडान सुरु गर्न लागिएको हो ।

बुद्ध एयरका अनुसार यसको भाडादर २८३५ रूपैयाँदेखि ४३३५ रूपैयाँसम्म तोकेको छ । बुद्ध एयरले नारायणगढ मुग्लिङ सडकखण्डको बिस्तारका क्रममा तीन वर्षअघि देखी भरतपुर पोखरा उडान सुरु गरेको थियो ।

यसअघि बुद्ध एयरले पोखरा-नेपालगन्ज उडान सुरू गरिसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस