मनोरञ्जन ताजा समाचार

आमा बनिन् अभिनेत्री गरिमा

garima panta

१९ साउन, काठमाडौं । नेपाली फिल्म क्षेत्रको एक समयकी चर्चित अभिनेत्री  गरिमा पन्त आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ ।

आफु आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् । उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् । केही बर्षको प्रेमलाई उनले  विवाहमा परिणत गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस