समाचार

तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते

accident

१९ साउन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन् ।

हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस