समाचार

टोखामा ३० वर्षमाथिका व्यक्तिलाई खोप लगाइँदै

corona khop

२० साउन, काठमाडौं । टोखा नगरपालिकामा आज ३० वर्षमाथिका व्यक्तिहरूलाई कोभिड–१९ विरूद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाइँदै छ । तीनवटा केन्द्रहरूमार्फत खोप लगाइनेछ ।

टोखा चण्डेश्वरी अस्पताल, तिलिङटार मावि र मनोहर माविमा खोप लगाइने नगरपालिकाले जनाएको छ । तीन स्थानहरूमा बिहान ८ बजेदेखि ३० वर्षमाथिको नागरिकता वा उमेर खुल्ने सरकारी परिचयपत्रको आधारमा कुपन दिइनेछ ।

एक व्यक्तिलाई एउटा मात्र कुपन दिइने जनाइएको छ । खोप लगाउनको लागि ३० वर्षमाथिको उमेर खुल्ने कागजात र अनिवार्य रूपमा अनलाइन दर्ता गरी आठ अंकको दर्ता नम्बर लिएर जानुपर्नेछ ।

आज प्रत्येक केन्द्रमा ७०० का दरले २,१०० खोप लगाइने नगरपालिकाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस