समाचार

डल्लुबाट २१ जुवाडे पक्राउ

arrest

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा २१ जुवाडे पक्राउ परेका छन् । काठमाडौं टंकेश्वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठलगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखरसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस