२० साउन, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ ।
‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’, बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।
उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उनले भने । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस