२० साउन, काठमाडौं । एमाले नेता झलनाथ खनालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनाल दिल्लीको अपोलो अस्पतालमा उपचारत रहेका छन् ।
उनको सचिवालयले बुधबार उनमा मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको हो । सचिवालयले भनेको छ, डा सन्दीप गुलेरियाको सर्जरी टिमले उहाँमा मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।’
अब खनाल केहि समय अस्पतालमै रहि आराम गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस