विश्व/प्रवास

भारतमा थप ४२ हजार ६२५ कोरोना सङ्क्रमित

coronavirus in india

२० साउन, काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार ३५३ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो ।  गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६६८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड नौ लाख २२ हजार ३५४ रहेको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३७ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।  हालसम्म यहाँ ४७ करोड ३१ लाख ४२ हजार ३०७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १८ लाख ४७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको थियो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस