समाचार

प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ

loksewa-aayog

२० साउन, कास्की । गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त हुनुभएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।

समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति थियो ।

गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो । गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भई सकेको छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस