बैँक / वित्त

राष्ट्र बैंकका सञ्चालक सदस्य मरासिनीको शपथ

nrb bank

२० साउन, काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश केसीले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायत उपस्थिति रहेको केन्द्रीय बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *