मुख्य समाचार

आजबाट क्यूआर कोडसहित खोप प्रमाणपत्र वितरण गरिँदै, के छ प्रक्रिया ?

Health Ministry

२१ साउन, काठमाडौं । सरकारले बिहीबार (आज) देखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट् रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी खोप प्रमाणपत्र लिन आग्रह गरेको छ ।

मन्त्रालयले खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपि जस्ता कागजातहरु पेश गर्नुपर्ने जनाएको छ । यसैगरी, ३ दिनभित्र विदेश जानेहरुले भिसा र टिकटको फोटोकपि पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

qr code cert

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस