समाचार

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ

arrest

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध, टुसालस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नारायणटार बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१, भोटेचौर घर भएका ३४ वर्षीय विनोद चौलागाईं रहेका छन् । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

राति करिब साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस