मुख्य समाचार

भूमिहीन सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

Shanta Chaudhary

२१ साउन, काठमाडौं । भूमि आयोग खारेजीविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलनको घोषणा गरेको छ ।

संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनको जग्गा प्राप्ति गर्ने बर्तमान सरकारले गरेको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस