बैँक / वित्त

समृद्धि फाइनान्समा शुन्य प्रतिशत ब्याजदरमा कन्जुमर ईएमआई कर्जा

samriddhi finance aggrement

२१ साउन, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।

अब ५० हजार देखि ५ लाखसम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउने छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र ए टु जेड अनलाइनका कार्यकारी सञ्चालक प्रकाश पाठकले हस्ताक्षर गरे ।

फाइनान्स कम्पनीका बजार तथा व्यवसाय प्रवर्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस