अर्थनीति

नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा विकास बैंकमा आकर्षण

share market nepal

२१ साउन, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो ।

यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ ।

जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् । जीवन विकासको मूल्य प्रतिकित्ता १ हजार ५०६ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ४८२ रुपैयाँ पुगेको छ ।

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ भने जानाकी फाइनान्सको मूल्य ५.८ प्रतिशतले बढेको छ । यस दिन युनिभर्सल पावरको मूल्य ६.७ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ५ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस