मुख्य समाचार

थप तीन हजार ९३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

kathmandu check point

२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ९३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेकोे छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस