समाचार

विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुईजना पक्राउ

arrest

२१ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट ४७४ ग्राम अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेस्टहाउसका सञ्चालक ४१ वर्षीय अम्बर चाम्लिङ रहेका छन् ।

जजिरा एयरलाइन्सको उडानद्वारा साउदी अरबबाट काठमाडौं आगमन भएका विभिन्न यात्रीहरुलाई भन्सार छली गर्न लगाई ल्याइएको सुनको बाला महतोको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य ३८ लाख ३८ हजार रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोले सुन तस्करीमा चाम्लिङको पनि संलग्नता रहेको बताएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस