२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७५ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६८ तथा देशभर ३४ हजार ४२२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर तीन हजार ९३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस