
२१ साउन, काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् ।
विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका हुन् । मन्त्रालयको नेतृत्व अहिले स्वयं प्रधानमन्त्रीले गरिरहेका छन् ।
केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए ।
प्रतिक्रिया दिनुहोस