मुख्य समाचार

प्रचण्डको भ्याकेटबारे माओवादी छाडेका जनप्रतिनिधिलाई जानकारी दिन सर्वोच्चको आदेश

Supreme Court

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएर पछि एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट बारे जानकारी दिन आदेश दिएको छ ।

बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले जनप्रतिनिधिलाई भ्याकेट बारे जानकारी दिन आदेश गरेको हो । तीन न्यायाधीशको पूर्ण इजलासले सो मुद्दामा अर्को पेशी तोक्न आदेश गरेको छ ।

सर्वोच्चले यसअघि माओवादी केन्द्रले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न माओवादी केन्द्रको नाममा अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रचण्डले साउन ७ मा भ्याकेट निवेदन दर्ता गराएका थिए ।

नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेपछि उनीहरू अदालत गएका थिए । माओवादी केन्द्रले फागुन २३ मा एमालेमा लागेका मेयर, उपमेयर, गाउँपालिकाका र वडाका जनप्रतिनिधिलाई कारबाही गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस