समाचार

काठमाडौंको स्वीट्जरल्यान्ड पार्कनजिकै टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

accident

२२ साउन, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७, स्वीट्जरल्यान्ड पार्कनजिकै टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार साँझ भएको दुर्घटनामा सोही टिपरका कामदार सर्लाहीको लालबन्दीका ३९ वर्षीय सोमबहादुर बलको घटनास्थलमै मृत्यु भएको हो । बा५ख १८६० नम्बरको टिपर पल्टँदा च्यापिएर उनको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत स्वयम्भूले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस