
२२ साउन, काठमाडौं । प्रहरीले नागढुंगा नाकाबाट लागुऔषधसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान महानगरीय प्रभाव नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आइरहेको बा ४ ख ४४४७ नम्बरको बसमा सवार सञ्जय लामालाई पक्राउ गरेको हो । प्रहरीले लामाको साथबाट केही लागुऔषध बरामद गरेको जनाएको छ ।
लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस