समाचार

भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री कोइराला

shashank koirala

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने,‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए । कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले जानकारी दिए ।

उनले भने,‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु। संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ। एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’

फरक प्रसंगमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस