अटो

नेपाली बजारमा चेरी कार भित्रिदै, एसपीजी अटोमोबाइल्स वितरकमा नियुक्त

Chery

२२ साउन, काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरी नेपाली बजारमा भित्रिँदै छ ।

उक्त सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालिलाई  नियुक्त गरेको छ । कम्पनीका अनुसार उक्त गाडी नेपालमा चाँडै नै आइपुग्नेछ ।

चेरी ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स अटोमोबाइल्स व्यवसाय क्षेत्रमा लामो समयदेखि अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ ।

नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्ड इन्टरनेसनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

जनवरी ०८, १९९७ मा स्थापना भएको चेरी ब्राण्ड अटोमोबाइल्स कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलो कारले, १८ डिसेम्बर १९९९मा बजार प्रवेश गरेको हो । हाल चेरी ब्रान्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,०००  ट्रान्समिसन उत्पादन क्षमता रहेको छ ।

चेरी ब्रान्डले पेसेन्जर, कमर्शियल सवारीसाधन को अतिरिक्त मिनी भ्यान  पनि उत्पादन गर्दछ । चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस