प्रदेश २

जनकपुर विमानस्थलको छाना खस्दा एक युवक घाइते

janakpur airport

२२ साउन, जनकपुरधाम । जनकपुरधाम विमानस्थलको छाना खस्दा एक युवक गम्भीर घाइते भएका छन् । विमानस्थलमा फल सिलिङको लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका ५ का ३९ वर्षीय उसलेन खान गम्भीर घाइते भएका हुन् ।

शुक्रबार जनकपुरधाम विमानस्थलको छानामुनी बसिरहेका उसलेनको शरीरमाथि अचानक सिमेन्ट बोर्ड खस्दा उनी गम्भीर घाइते भएका छन् । उनी गाडी चालक रहेको र विमानस्थलमा यात्रीको प्रतिक्षामा बसेको विमानस्थल प्रमुख किरण गौतमले जानकारी दिए । जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । उसलेनको टाउकोमा १५ वटा टाँका लगाइएको छ ।

जनकपुरधाम विमानस्थलको कार्य सम्पन्न भएको ६ महिना नबित्दै छाना माथिबाट प्लाई र फलामका ठूल्ठूला छडहरू झर्न थालेका छन् ।

विमानस्थलमा ४२ करोड रुपैयाँको लागतमा नयाँ प्रविधिमार्फत निर्माण गरिएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त बन्न थालेको छ । ४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्णरूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस