समाचार

“ओलीले मलाई जति नै गाली गरेपनि म एकताको पक्षमा छु”

madhav kumar nepal

२२ साउन, काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बिहीबारबाट सुरु भएर आज सकिएको केन्द्रीय कमिटी बैठकमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले जति नै गाली गरेपनि आफू एकताको पक्षमा रहेको बताएको उनी पक्षीय नेता रघुजी पन्तले जानकारी दिए ।

“हामीले आलोचना गर्दा सयंमित बन्नुपर्‍यो । केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि हाम्रो प्रयत्न जारी छ । ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने आशंका धेरै शाथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु,” नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने ।

बैठकले पार्टी एकतालाई जोड दिने निष्कर्ष निकालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस