विश्व/प्रवास

तालिवानद्वारा अफगान सरकारका मिडिया प्रमुखको हत्या

taiwan

२२ साउन, काठमाडौं । अफगानिस्तानको मिडिया तथा सुचना केन्द्रका निर्देशक दावा खानको हत्या भएको छ । तालिवानी लडाकुहरुले शुक्रबार राजधानी काबुलमा उनको हत्या गरेका हुन् । स्थानीय सञ्चारमाध्यम टोलो न्युजको रिपोर्टअनुसार दारुल अमान सडकमा बन्दुकधारीहरुले उनीमाथि गोली हानेका छन् ।

पछिल्लो समय तालिवानले अफगान सरकारका उच्च अधिकारीहरुलाई निशाना बनाइरहेको छ । यसअघि बुधबार तालिवानले अफगानिस्तानका रक्षामन्त्रीको काबुलस्थित घरमा पनि आक्रमण गरेको थियो । ‘दुखद् कुरा, यी आतंककारीहरुले एकपटक फेरि कायर कार्य गरेका छन् र राष्ट्रवादी अफगानीलाई सहिद बनाएका छन्,’ अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता मिर्वाइस स्तानिकजाईले भने ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अफगानिस्तानको बिग्रँदो अवस्थाबारे खुला छलफल गर्नका लागि शुक्रबार बैठक डाकेको  छ । तालिवानी लडाकुहरुले देशका दुर्गम क्षेत्रमा रहेका भूभागहरु कब्जा गरेपछि अहिले प्रमुख शहरमा आक्रमण गरिरहेका छन् । उनीहरुले दक्षिणतर्फको कन्दहर शहर आर्थिक रुपमा महत्वपूर्ण मानिएको हेरात र हेल्मन्ड प्रान्तको राजधानी लस्कर गरमा आक्रमण गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस