
२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०१ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन् ।
यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार १ तथा देशभर ३४ हजार ९४२ पुगेको छ ।
आज देशभर ३१ हजा ४२७ जना होम आइसोलेसनमा, ३ हजार ५१५ जना संस्थागत आइसोलेसन ७३२ जना आईसीयू तथा १५८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस