समाचार

साउन २५ गतेदेखि अस्ट्राजेनेकाको दोस्रो डोज खोप दिइने

corona khop

२२ साउन, काठमाडौं । कोरोना खाेपकाे दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो ।

जापानबाट ३ दिनभित्र ८ लाख डोज खोप आउन लागेको र २५ गतेदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा २५ गतेबाट दोस्रो डोज अस्ट्राजेनेका खोप दिइने स्वास्थ्य सेवा विभागअन्तरगत खोप शाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस