कर्पोरेट

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा १ करोड बीमाङ्क रकम भुक्तानी

ime bhuktani

२२ साउन, काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित सूर्य बहादुर खड्काको मृत्यु बापत १ करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट जीवन बीमा गरेका बीमितको असार १५ गते उपचारका क्रममा ललितपुर भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । बीमितको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक बीमितले इच्छाइएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस