
२३ साउन, काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनेका खोप शनिबार बिहान काठमाडौं आइपुगेको छ ।
जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप लिएर कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापानबाट आज ३ लाखभन्दा बढी डोज खोप नेपाल आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । जापानबाट भोलि (आइतबार) थप ५ लाख डोज खोप नेपाल आउने छ ।
जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने प्रतिवद्धता जनाएको छ । त्यसमध्ये आज र भोली गरेर आठ लाख डोज खोप नेपाल आइपुग्दै छ ।
प्रतिक्रिया दिनुहोस