मुख्य समाचार

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न बोर्डको बैठक बस्दै

National-Exam Board

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिवार बस्दैछ । कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न शनिवार बैठक बोलाइएको जनाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । मन्त्रालयले सो सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो ।

शुक्रवार साँझ राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

उनले लेखेका थिए – ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु ।’

परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि ९ दिनसम्म गर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने बताउँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस