समाचार

माधव पक्षीय युवा संगठनद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई

teaching hospital

२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संगठन नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ ।

‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तगत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाई अभियान संचालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरेको पिभीका इन्चार्ज सञ्जीव राईले जानकारी दिए ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सुरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेको फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पु¥याउने विश्वास लिइएको छ ।’

पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा सञ्चालन गर्ने योजना समेत तय गरेको छ । महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाई गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिलाई पनि सफाई गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस