समाचार

ललितपुरमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

bike accident

२३ साउन, काठमाडौं । वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ ।

महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन् । एउटै साधनमा दुवै व्यक्ति कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नंको मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए । बिहान दुर्घटना भएको सूचना पाएर घटनास्थल पुग्दा दुवै व्यक्ति घाइते भएकाले पाटन ल्याएर उपचार गर्ने क्रममा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस