लुम्बिनी प्रदेश

भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

bheri hospital

२३ साउन, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–२ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।

संक्रमण दर बढ्दै गएपछि प्रशासनले भिडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्न पुनः सचेत गराएको छ । परीक्षणको नतिजाबाट संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई संक्रमणदर शून्यमा झार्न सबैको अहम् जिम्मेवारी र भूमिका रहेको  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस