मुख्य समाचार

थप ३ हजार २१८ जना कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

corona update

२३ साउन, काठमाडौं । नेपालमा थप तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२२ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस