प्रदेश २

वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुँदै

birjung naka

२३ साउन, पर्सा । वीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएका  छ ।  कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर निर्माण शुरुआत गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने नागरिकलाई क्वारेन्टिनमा राखेर खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले होल्डिङ सेन्टर निर्माण जारी रहेको जानकारी दिए ।

वीरगञ्ज श्रीपुरस्थित  चण्डीप्रसाद गणकोे व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको उक्त होल्डिङ सेन्टरको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ । क्वारेन्टिनमा बस्नका लागि ५० अट्ने गरी २० हल, एक प्रशासनिक भवन, एक सेन्ट्रल किचेन छन् । विगतमा विद्यालय एवं कलेजलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस