समाचार

कालीकोटमा १० दिन थपियो निषेधाज्ञा

lockdown

२३ साउन, कालीकोट । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि आउँदो भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागु गरिएको निषेधाज्ञा पटक–पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस