मनोरञ्जन ताजा समाचार

‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरलाई

kiran gajmer

२४ साउन, काठमाडौं । किरण गजमेर गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को विजेता बनेका छन् ।

आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् । उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस