२४ साउन, दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण पछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षीया एक महिलाको आज (आइतवार) बिहान सवा आठ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।
कोरोना संक्रमण पछि उनि साउन १५ गतेदेखि अस्पतालमा भर्ना हुनु भएकी थिइन् । अस्पतालको आईसियु कक्षमा उपचाररत उनलाई निमोनिया संगै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस