समाचार

एमाले सचिव भट्टराईलाई मातृशोक, अध्यक्ष ओलीद्वारा शोक व्यक्त

mahindra

२४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको बताएका छन् ।

आइतबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस दुखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस