समाचार

बालिका बलात्कार आरोपमा पाल्पाबाट एकजना पक्राउ

arrest

२४ साउन, पाल्पा । १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शनिबार साँझ एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३ वर्षीय मीनबहादुर सारु रहेको प्रहरीले जनाएको छ । ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस