सेयर मार्केट

आइतवारको सेयर बजारः कमाउनेमा जलविद्युतका लगानीकर्ता अगाडी

stock market

२४ साउन, काठमाडौं । आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से परिसूचक भने झिनो अंक ०.६६ ले बढेको छ । परिसूचक ३ हजार १०८ अंकमा कायम भएको छ ।

यस दिन ८२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ ०.०३ अंकले घटेको छ । होटल तथा पर्यटन ३९.९, जीवन बीमा १२५, लघुवित्त ७४, निर्जीवन बीमा २०२, अन्य २० रब्यापार ४० अंकले घटेका छन् ।

विकास बैंक ६६, फाइनान्स २१, जलविद्युत ११५ र उत्पादन समूह ६ अंकले बढेको छ । जलविद्युत कम्पनीका लगानीकर्ता यस दिन बढी मूल्य कमाउन सफल भएका छन् । अपि पावर, युनिभर्सल पावर र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस