
२४ साउन, काठमाडौं । आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस