मुख्य समाचार

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

Chinese ambassdor with Balkrishna Khad

२४ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको बताइन् । मन्त्री खाणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगका लागि धन्यवाद दिए ।

कोभिडविरुद्धको लडाइ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि उनले चिनियाँ सरकारलाई धन्यवाद दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस