समाचार

रसुवागढी नाकाबाट एकै दिन १० कन्टेनर स्याउ आयात

rasuwagadhi naka

२५ साउन, रसुवा । रसुवागढी नाकाबाट आइतबार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउ मात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारीसाधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने–गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर ५० देखि ६० लाख रुपैयाँसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट प्रतिकन्टेनर एक लाख रुपैयाँ मात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरिद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस